एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

५ कात्तिक, काठमाडौँ ।

नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार ललितपुरमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक कात्तिक १२ गते बोलाउने निर्णय गरेको एमालेकाे केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार १२ गते बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बैठक बस्ने तय भएको छ ।  बैठकमा १० औं महाधिवेशनबारे छलफल हुने जनाइएकाे छ ।

एमालेको महाधिवेशन मंसिर १०-१२ गतेसम्म हुनेछ । बिहीबारको स्थायी कमिटी बैठकले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.