मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, फोरमबाट एक मन्त्री थपिने

१५ साउन ७५, बुधबार

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

सत्तारुढ दलबीच चित्त बुझाउन प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले यसै साताभित्र मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।

Advertisement

यो खबर आजको नयाँ पत्रिकामा छ, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको नियुक्ति, भूमि व्यवस्था तथा गरिबी निवारकमन्त्रीको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको शपथ एकैपटक हुने महासचिव पौडेलले बताए । विवादास्पद अभिव्यक्तिका कारण शेरबहादुर तामाङले कानुनमन्त्रीबाट राजीनामा दिएपछि सो मन्त्रालय खाली छ ।

‘मन्त्रालयको जिम्मेवारी कसलाई के दिने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘तर टुंगो लाग्ने गरी पार्टीभित्र छलफल हुनसकेको छैन ।’ प्रधानमन्त्री एवं नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले छिट्टै टुंगो लगाउने पौडेलले बताए ।
फोरमबाट एक राज्यमन्त्री थपिने

Advertisement

संघीय समाजवादी फोरमबाट एक राज्यमन्त्री बन्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्याललाई अर्कै मन्त्रालयको जिम्मेवारी दिन लागिएपछि अब फोरमबाट राज्यमन्त्री थपिने भएको छ ।

फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको थियो ।

फोरमबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सहकारी विकास मन्त्रीमा मोहमद इस्तियाक राई छन् । एक राज्यमन्त्रीका लागि तीनजना नेता दौडधुपमा लागेको फोरमका एक नेताले बताए ।

राज्यमन्त्रीका लागि प्रमिला यादव, डा. सुरेन्द्र यादव र प्रदीप यादव लबिङमा लागेका छन् । फोरममा मधेसी समुदायबाट मन्त्री भइसकेकाले जनजाति समुदायबाट राज्यमन्त्री बनाइनुपर्ने दबाब छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top