अर्ली इलेक्सन सम्भव छैन, संसदले पूूर्ण कार्यकाल काम गर्नुपर्छ: रामचन्द्र पौडेल

६ कात्तिक ७८, शनिबार
Share this
704shares

६ कात्तिक, काठमाडौँ।

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ सम्भव नरहेको बताएका छन् ।

सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा विभिन्न स्थानमा आयोजना गरिने कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार धनगढी आएका नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाले संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताए ।

Advertisement

धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग पौडेलले भने, ‘अर्ली इलेक्सन सम्भव छैन । संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो हामी अदालत गएका हौं । त्यसैले संसदले आफ्नो काम कारबाही अगाडि बढाउनुपर्छ ।’

यसअघि बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार काठमाडौँ फर्किएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने प्रतिक्रिया दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top