६ कात्तिक, विराटनगर ।
नेकपा एमालेको १० औं महाधिवेशन अन्र्तगत आजबाट सुरु भएको वडा अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने क्रम सुरु भएको छ । नेकपा एमाले विराटनगर महानगरपालिका– ८ को अध्यक्षमा राम पोखरेल निर्विरोध निर्वाचित भएका छन् । यसअघि पनि वडा अध्यक्ष रहेका पोखरेललाई शनिबार भएको वडा अधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्विरोध चयन गरिएको हो ।
त्यस्तै वडा कमिटीको उपाध्यक्षमा मनिष भट्टराई चयन भएका छन् । सचिवमा भुवन राजवंशी चयन भएका छन् । सहसचिवमा देवानन्द खनाल र पवित्रा विक निर्विरोध निर्वाचित भएका छन् । शनिबार ३५ सदस्यीय कमिटी गठन गरेको बताउँदै अध्यक्ष पोखरेलले बाँकी सदस्य पछि थप गरिने बताए । महानगरमा नेकपा एमालेको ५१ सदस्यीय वडा कमिटी हुनेछ ।