हिउँमा फसेर भारतमा १२ पदयात्रीको मृत्यु

५ कात्तिक ७८, शनिबार

६ कात्तिक, नयाँ दिल्ली ।

Advertisement

हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्।

उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीव्र पारेको छ। हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले दिएको जानकारीअनुसार बिहीबार हराएका पर्यटकहरूको बारेमा प्राप्त जानकारीअनुसार हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्ड बाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।

Advertisement

यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्याहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको जानकारी दिएका छन्। मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ।रासस/सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top