जनकपुर घटना आपत्तिजनक : कांग्रेस

जनकपुर घटना आपत्तिजनक : कांग्रेस

६ कात्तिक, काठमाडाैँ ।

खानेपानी आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको घटनाप्रति सत्तारुढ नेपाली कांग्रेसले निन्दा गरेको छ ।

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राजनीति, प्रशासन र समग्र समाजमा रहेका बेथिति विरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य भए पनि कानुन हातमा लिने र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन नसक्ने उल्लेख गरेका छन् ।

‘राजनीतिमा, प्रशासनमा र समग्र समाजमा रहेका बेथिति विरुद्ध प्रश्न उठाउनु र स्वच्छ समाजको खोजी गर्नु हामी सबैको कर्तव्य हो । तर कानुन हातमा लिने, बलजफ्ती र हुल हुज्जत गर्ने कार्य सभ्य समाजको परिचायक हुन सक्दैन,’ शर्माले भनेका छन्, ‘शान्तिपूर्ण राजनीतिमा सहभागी हुने उद्घोष गरेका हरेक दल र संस्थाले आफ्ना समर्थक र सदस्यलाई तदनुकूलको संस्कार र व्यवहारमा रुपान्तरण गर्नु सम्बन्धित दल नेतृत्वको कर्तव्य हुने स्मरण पनि हामी गराउँदछौं ।’

काँग्रेसले जनकपुरको घटनाबाट नेपाली इन्जिनियर, कर्मचारी र सभ्य समाजमा विश्वास गर्ने सबैलाई मर्माहत बनाएको उल्लेख गर्दै सरकारले सुरु गरेको कानुनी कारबाहीसँगै राज्यको सक्रियताले यसलाई सम्बोधन गर्ने विश्वास रहेको पनि जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.