६ कात्तिक, सुनसरी ।
सुनसरीको कोशी गाउँपालिका -८ को कोसी ब्यारेजबाट सप्तकोशी नदीमा एक पुरुषले हाम फाल्दा बेपत्ता भएका छन् । इटहरी उपमहानगरपालिका १ बस्दै आएका ५८ वर्षिय तिलकप्रसाद दाहाल सप्तकोशी नदीमा शनिबार हाम फालेर बेपता भएको प्रहरीले जनाएको हो ।
३६ प ९२५५ नम्बरको मोटरसाइकलमा दाहालले कोशी ब्यारेजको १३ नम्बर ढोका नजिकै मोटरसाइकल राेकेर हामफालेका थिए । दाहालको खोजीकार्य भइरहेको प्रहरी चौकी कोशी व्यारेजका असई तारा चुँडालले बताए ।
चुँडालका अनुसार दाहालको मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । उनले ढोकाको १३ नम्बर गेटमा आएर परिवारका सदस्यलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी गराएको प्रहरीको भनाइ छ ।