पशुपति स्वच्छता अभियान पाँचौँ हप्तामा

६ कात्तिक ७८, आइतबार

७ कार्तिक, काठमाडौ ।

विश्वसम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियान पाचौँ हप्तामा प्रवेश गरेको छ।

पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न स्वच्छ बनाउने अभियान गत असोजदेखि सुरु भएको थियो। सफाइमा पूर्वमुख्यसचिव लीलामणि पौडेलसहित वाग्मती सफाइ अभियानकर्मी जोडिएका थिए।

यसैगरी अभियानकर्मी डा राजु अधिकारी, चक्रबहादुर चन्द, चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कलाकार तथा सफाइ अभियानकर्मीको उपस्थिति थियो।

पशुपतिनाथ परिसरलाई सफा र स्वच्छ राख्न हरेक बिहान ८ बजेदेखि पशुपति सरसफाइ कार्यक्रम सञ्चालन हुँदै आएको छ। पाशुपत क्षेत्रलाई सफा राख्न साङ्केतिकरुपमा सरसफाइ हुने गरेको स्वच्छ पशुपति अभियानका संयोेजक डा श्याम खड्काले बताए।

पूर्वमुख्यसचिव पौडेलले पशुपति स्वच्छ अभियानको निरन्तरताका लागि शुभकामना दिए। मन र भावनाले मात्र यस्तो कार्य गर्न सकिने हुँदा सम्पूर्ण अभियानकर्मीलाई उनले धन्यवाद दिए।

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिनाले वाग्मती सफा भएमात्र पशुपतिनाथको शोभा बढ्ने हुँदा वाग्मतीलाई ढलमुक्त गर्नुपर्ने र यसका लागि नीतिनियम बन्दै गरेको पनि जानकारी दिए।

सरसफाइ अभियानकर्मी डा राजु अधिकारी र चक्रबहादुर चन्दले पनि स्वच्छ पशुपति अभियानको अभियानकर्मी भई हरेक हप्ता सहभागी हुने प्रतिबद्धता जनाए। चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्काले कलाकार पनि निरन्तर यस अभियानमा साथ रहने प्रतिबद्धता जनाए।

‘हाम्रो आस्था सम्पदा र संस्कृति, सभ्य नागरिक, स्वच्छ पशुपति’ नारा दिएको पशुपति स्वच्छ अभियानमा पशुपति क्षेत्र विकास कोषले समय र सहयोग गरिहेको छ।

पशुपतिनाथलाई सफा र स्वच्छ राख्न कोषकोतर्फबाट योेजना र नयाँ तरिकाबाट काम भइरहेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top