खोटाङका ५० भन्दा बढी वडामा एमालेको अधिवेशन टुंगियो

६ कात्तिक ७८, आइतबार

७ कार्तिक, खोटाङ ।

खोटाङका ५० भन्दा बढी वडामा नेकपा एमालेको वडा अधिवेशन टुंगिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ५० भन्दा बढी वडामा सर्वसम्मत नेतृत्व टुंगिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।

साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिवेशन आइतबारसम्मका लागि स्थगित गरिएको छ । उद्घाटनलगत्तै समय अभावका कारण भन्दै बन्दसत्र एक दिनपछि सारिएको अध्यक्ष दंगालले बताए ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिवेशन भने स्थगित भएको छ ।

‘प्राविधिक कारणवश’ दुई सछितापोखरी र दोर्पाचिउरीडाँडाको अधिवेसन आइतबार वा सोमबार हुने अध्यक्ष दंगालले बताए । बाँकी वडाको अधिवेशन भने शनिबार राति अबेरसम्ममा सकिने एमालेले जनाएको छ ।

आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिवेशनबाट २ हजार ४४९ जना वडास्तरीय नेता तथा कार्यकर्ताले वडा कमिटीमा नयाँ जिम्मेवारी पाउँदैछन् ।

प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडास्तरीय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन् ।

आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top