ग्रेडेड सेकेण्डरी स्कूलद्धारा खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी

विराटनगर, साउन १६
विराटनगर–८ स्थित ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको छ । स्कूलले पहिलो त्रैमासिक परीक्षाफल प्रकाशित भएको अवसर पारेर बुधबार खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको हो ।

Advertisement

प्रर्दशनीमा ६ देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरुले विभिन्न प्रकारका समाग्रीहरु प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए ।

विद्यार्थीहरुले कलात्मक तरिकाले बनाएको सामाग्रीहरु अवलोकन गर्न उनीहरुका अभिभाव, अतिथिहरुको उपस्थीति रहेको थियो । ‘विद्यार्थीहरुमा भएको प्रतिभलाई प्रस्फुट गर्न यस्तो प्रर्दशनीको कार्यक्रम राखिएको हो,’ स्कूलका प्रिन्सिपल सुवालले भने, ‘यस्ता कार्यक्रममा उनीहरुको क्षमता अभिवृद्धी हुन्छ ।’

Advertisement

विज्ञान पर्दशनीमा रोवोर्ट, होम सेक्यूरीटी मेसीन, एटीएम मेसीन तथा कागजबाट बनाएको हस्तकला तथा फलफुलबाट निर्मित समाग्री राखिएको स्कूलले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top