७ कार्तिक, काठमाडौँ ।
प्रदेश–१ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।
आइतबार बोलाइएको संसद् बैठक सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक स्थगित गर्न निवदेन दिएपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्ने गरी स्थगित गरिएको हो ।