झोराहाटमा ‘बसाइँ’ को मञ्चन सुरु

१६ साउन ७५, बुधबार
Share this
748shares

विराटनगर, साउन १६
कथाकार लीलाबहादुर क्षेत्रीको बसाइँ उपन्यासलाई नाटकमा रुपान्तरण गरेर मोरङको झोराहाट नाट्य समूहले बुधबारदेखि मञ्चन सुरु गरेको छ । झोराहाट नाट्य समूहको नाटक हलमा सुरु भएको नाटक आगामी साउन २० गतेसम्म जारी रहनेछ ।

Advertisement

युवा कलाकारसमेत रहेका सुदीप कार्कीले निर्देशन गरेको नाटकमा इलाम, संखुवासभा, मोरङलगायतका जिल्लाका कलाकारहरुले अभिनय गरेका छन् ।

नाटकको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश रेग्मीले सामाजिक विकृतिमाथिको तिखो प्रहार गरेको नाटकले सामाजिक रुपन्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

Advertisement

बसाइँ उपन्यास कक्षा ११ को नेपाली विषयमा अध्यापन हँुदै आएको छ । कलाकारहरुलाई १५ दिनको प्रशिक्षणपछि नाटक मञ्चनका लागि तयार पारिएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए । ग्रामीण क्षेत्रमा पनि भाषा साहित्यसँगै रंगमञ्च स्थापित गराउन नाट्य समूहले काम गरिरहेको गुरागाईंले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top