चितवनमा देखिसक्यौं, अब कांग्रेसले कसैसँग चुनावी तालमेल गर्दैन : गगन थापा

७ कार्तिक, काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नहुने प्रष्टाएका छन्।

गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले क्षति बेहोरेको स्मरण गर्दै थापाले चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताए।

‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं’, थापाले धादिङको एक कार्यक्रममा कार्यकर्तालाई भने, ‘हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर आएको छ।’

स्थानीय कार्यसमितिले नै तल्लो तहमा गठबन्धन बनाउने सहमति गरिएमा त्यसलाई मान्यता प्राप्त हुनसक्ने उनले बताए। ‘तल्लो तहमा हामी मिलेर चुनाव लड्छौं भन्ने कुरा भयो भने त्यसलाई सदासयताका रुपमा लिने एउटा कुरा हो’, थापाले भने, ‘पार्टीले माथि (केन्द्रमा) चुनावमा गठबन्धन गरेर जाँदैन। चुनावमा गठबन्धन गर्ने कांग्रेसको चरित्र नै होइन। चितवनमा हामीले देखिसक्यौं।’

गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाललाई कांग्रेसले साथ दिएको थियो। हँसिया हथौडामा कांग्रेसका कार्यकर्ताले मत दिनु परेको भन्दै कांग्रेसभित्र व्यापक विरोध भएको थियो।

साथै, चुनावी गठबन्धनले कांग्रेसलाई क्षति पुगेको समेत निष्कर्ष निकालिएको थियो। कुनै नेताले गठबन्धन हुन्छ भन्ने अभिव्यक्ति दिए त्यसमा विश्वास नगर्न उनले कार्यकर्ता सचेत बनाए।

६ महिना चुनावका लागि समय भएकाले कसलाई कहाँ खटाउने आजदेखि नै तयारी थाल्न उनले कार्यकर्तालाई निर्देशन दिए। एमाले विभाजित भएकाले त्यस दलभित्र रहेर अलमल परेका कार्यकर्ता तान्न समेत उनले निर्देशन दिए। वर्षौं एउटा पार्टीमा रहेका कार्यकर्ता पार्टी विभाजन हुँदा अल्मलिएको उल्लेख गर्दै थापाले उनीहरुलाई कांग्रेसमा भित्र्याउन पहल गर्न आग्रह गरे।

वैशाखमा स्थानीय निर्वाचन हुने हुँदा त्यस केन्द्रित भएर कार्यतालिका बनाउन तथा साना– साना कुरामा ध्यान पु¥याउन सचेत बनाए। महाधिवेशनपश्चात् मात्रै निर्वाचन हुनेप्रति उनले कार्यकर्तालाई ढुक्क बनाए।

‘संविधानले साढे ५ वर्ष भन्दा अवधि दिएको छैन। तपाईंहरु अलमल पर्नुपर्दैन’, थापाले भने, ‘भदौमा महाधिवेशन प्रक्रिया सुरु गरेकाले र कोभिड पनि भएकाले निर्वाचन आयोगलाई अनुरोधपश्चात् अवधि उपलब्ध भएको हो।’

निर्वाचन आयोगले दल दर्ताको आव्हान गर्दा कांग्रेसले १३औं महाधिवेशनको कार्यसमितिको आधार देखाएर दल दर्ता नहुने उनले तर्क राखे। ‘चुनावअघि महाधिवेशन भएन भने कांग्रेसको वैधानिकतै रहँदैन। चुनाव होला।

अधिवेशन नहोला भन्ने कहिलेकाहीँ सुनिन्छ। त्यस्तो होइन’, थापाले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘अधिवेशन नै नभए त कांग्रेसको वैधानिकतै सकिन्छ।’ २÷४ दिन महाधिवेशनमा तलमाथि हुनसक्ने बताउँदै थापाले निर्वाचनअघि महाधिवेशन हुने ठोकुवा गरे।

’अर्ली इलेक्सन’को सम्भावना नरहेको उनको निचोड थियो। संसद् पुनःस्थापना हुँदाको फैसलाको आधारमा पाँच वर्षअघि संसद् विघटनको सम्भावना नरहेको उनको जिकिर छ। चुनाव छिटो हुने कुरामा मनको इच्छा राख्ने विषय मात्रै भएको उनले बताए।

‘चुनाव छिटो भइदिए हाम्रो पार्टीलाई फाइदा हुन्छ भन्न त पाइयो। तर, छिटो हुँदैन। चुनाव अर्को वर्षको मंसिरमा हुन्छ’, थापाले भने।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top