८ कात्तिक, एजेन्सी ।
फ्रान्सको ‘ले क्लासिक’ डर्वीमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन् । मार्सेमा आइतबार राति भएको खेलमा दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । २०औं मिनेटमा एर्काडिअस मिलिकले गोल गरेपनि उनको गोलले पनि भिएआरबाट मान्यता पाएन ।
५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । तर त्यसको फाइदा घरेलु टोली मार्सेले उठाउन सकेन ।
पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा रहेको छ ।