चार दिनको वर्षाका कारण ११७ को मृत्यु, ३२ बेपत्ता

८ कार्तिक, काठमाडौं ।

मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला प्रभावित भएका छन्। ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ।

सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ ले मानवीय क्षति बेहोरेको छ। त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ। यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट सुरु भएको थियो। सो प्रणाली कात्तिक ३ सम्म रह्यो। त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ।

पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो। प्रदेश नम्बर २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ। ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुप¥यो।

गृह मन्त्रालयबाट आइतबार प्राप्त पछिल्लो तथ्याङ्कमा ती जिल्लामा कूल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले बताइन्। यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।

पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये पाँचको शव फेला परेको हो। अझै ३२ जना हराइरहेका छन्। मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन्। बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन्।

कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ। कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन्।

प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन। सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ।

धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ। सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ।

प्रदेश नम्बर १ मा सबैभन्दा बढी क्षति

प्रदेश नम्बर १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो। प्रदश नम्बर १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन्।

यस प्रदेशको पाँचथरमा ३० जनाको मृत्यु भएको छ। त्यसपछि इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन्। बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन्।

प्रदेश नम्बर २, वागमती, गण्डकी र लुम्बिनीमा कम क्षति

प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा) भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ। प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ। उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन्।

बागमती प्रदेशको सिन्धुली प्रभावित भएको जनाइएको छ। सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ। गण्डकी प्रदेशको नवलपरासी पूर्व (नवलपुर) मा दुई जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ। प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जनाइएको छ।

कर्णालीका पाँच जिल्ला प्रभावित

कर्णाली प्रदेशका पाँच जिल्ला प्रभावित भएको छ। ती जिल्लामा आठजनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन्। प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ। जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार घाइते छन्।

यस्तो छ सुदूरपश्चिमको क्षति

सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ। ती जिल्लामा ३७ को मृत्यु भएको छ भने २२ बेपत्ता छन्। सत्र जना घाइते छन्। सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ।

बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ। बझाङमा अझै १९ जना हराइरहेका छन्। डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन्। (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top