यो वर्ष वर्षाका कारण सडक संरचनामा ४ अर्बको क्षति

७ कात्तिक ७८, सोमबार

८ कार्तिक, काठमाडौं ।

Advertisement

यो वर्षको वर्षाका कारण मुलुकभर सडक तथा पुलहरू भत्किँदा झन्डै रू. ४ अर्ब बराबरको क्षति पुगेको छ।

जेठ मसान्तदेखि परेको पानी र कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण मुलुकभरका सडक तथा पुलहरूमा उक्त रकम बराबरको क्षति पुगेको सडक विभागले जनाएको छ।

Advertisement

कात्तिकमा परेको अविरल वर्षाका कारण रू. १ अर्ब ५ करोड बराबरको क्षति भएको छ। क्षतिको विवरण थप आउँदै गरेको हुँदा यो रकम पनि बढ्ने सडक विभागको भनाइ छ।

यसअघि जेठ मसान्तदेखि परेको झरीका कारण सडक पूर्वाधारहरूमा २ अर्ब ४० करोड रुपैयाँको क्षति भएको थियो। यस समयमा १०० भन्दा बढी सडक र २६ वटा पुलहरूमा क्षति पुगेको थियो।

Advertisement

जलवायु परिवर्तनले पानी पर्ने प्याटर्न नै बदलिएको छ। यस्तोमा जथाभावी खनिएका सडकहरूका कारण वर्ष सडक तथा यातायात पूर्वाधारमा ठूलो क्षति भएको विभागको भनाइ छ।

कात्तिक पहिलो साताकै केही दिनमा परेको अविरल वर्षाका कारण मुलुकभरका विभिन्न १९ स्थानका सडकहरूमा क्षति पुगेको विभागको तथ्यांक छ।

सो अवधिमा केही पुलमा समेत क्षति पुगेको छ। कात्तिक पहिलो सातामा भएको वर्षाबाट कालिकोट, सिन्धुली मनाङ, सल्यान, प्युठान, धनकुटा, बझाङ, दार्चुला, ओखलढुंगा, स्याङ्जा, डोटी, डडेलधुर र बैतडी जिल्लाका सडकमा क्षति पुगेको छ। यसमध्ये डुम्रे–बेशीसहर–चामे सडक खण्डको मनाङ जिल्लाका तनि स्थानका सडक हालसम्म पनि अवरुद्ध रहेका छन्।

भारी वर्षाका कारण मध्यपहाडी राजमार्गको सिन्धुली, सिद्धार्थ राजमार्ग, धनगढी–सहजपुर–बुडर–स्याउले, सतबाँझ–थाकतोली–दार्चुला–टिंकर सडकलगायतका स्थानहरूका सडकमा क्षति पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top