८ कात्तिक, काठमाडौं ।
प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेका छन् । उनले जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको भन्दै राजीनामा मागेका हुन् ।
डा. केसीले सोमबार विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि जबराले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘तत्काल राजीनामा नदिए उनको पदमुक्तिका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ ।’
उनले जबराको पदीय हैसियतको अवज्ञा गर्न समेत सरोकारवालाहरुसँग अपील गरेका छन् ।