एएफसी यू२३ छनोट : नेपाल इरानसँग ४-० ले पराजित

एएफसी यू२३ छनोट : नेपाल इरानसँग ४-० ले पराजित

८ कात्तिक, काठमाडौं ।

नेपाली राष्ट्रिय यू-२३ फुटबल टोली एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा इरानसँग ४- ० गाेलले पराजित भएको छ । साेमबार ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा भएकाे खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेकाे नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा ४ गोल खाएकाे थियाे ।

इरानका लागि खेलको ४७ औं मिनेटमा मेहदीले गोल गरेका थिए । त्यसअघि इरानले पहिलो हाफमा पेनाल्टी चुकाएका थियो । इरानका लागि होसेनले खेलको ७७ औं र ७९ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता दिलाए । यासिनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

नेपालले अब विहिबार हुने दोस्रो खेलमा आयोजक ताजिकिस्तानको सामना गर्नेछ । अन्तिम खेल आइतबार लेबनानविरुद्ध हुनेछ ।  समूहको शीर्ष टोली सिधै अन्तिम चरणमा छनोट हुँदा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोली पनि अघि बढ्नेछन् ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.