भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

८ कात्तिक ७८, मंगलबार

काठमाडौं : दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् ।

कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताउनुभयो ।

“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहनुभएका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भन्नुभयो, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ । यो कुल प्रजननको ४७ प्रतिशत हो ।”

नगद पशुधनका रूपमा लिइने भैँसीको मुख्य प्रजनन मौसम साउनदेखि मङ्सिरसम्म हो । यो बेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षात्मा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैँसीको प्रजनन मौसम मानिन्छ ।

यसरी प्रजनन भएका भैँसी १० महिनामा ब्याउँछन् । फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैँसी प्रजननका लागि बेमौसम मानिन्छ ।

“फागुन, चैतजस्ता सुक्खायाममा भैँसीको तनावयुक्त रस ‘फर्टिटोल’ उत्पादन हुन्छ । यसले प्रजननमा समस्या हुने गरेको हो”, प्राडा देवकोटाले भन्नुभयो, “पोसिला दाना र खानपिनमा ध्यान दिई भैँसीको शरीरमा हर्मन विकास गराएर फर्टिटोल कमजोर बनाउँदै डिम्बाशय सक्रिय गराई प्रजनन गराइने गरिएको छ ।”

कृषि तथा वन विश्वविद्यालयले चितवनको रामपुर भैँसी फर्म, पोखराको पशु विकास फर्म, सुनसरीको सररा पशु विकास फर्ममा रहेका भैँसीमा अनुसन्धान गरेको थियो । अहिले यो कार्य किसानका भैँसीमा पनि सुरु भइसकेको बताइन्छ ।

विश्वविद्यालयका पशु विज्ञानमा विद्यावारिधि र स्नातकोत्तर तहमा अध्यययनरत विद्यार्थीलाई यो अनुसन्धानमा परिचालन गरिएको छ । “हामीले विगत १५ वर्षदेखि भैँसीको बेमौसमी प्रजननबारे अध्ययन सुरु गरेका थियौँ । पछिल्ला पाँच वर्षदेखि विस्तारै यसले उपलब्धि दिन थालेको छ”, देवकोटाले भन्नुभयो ।

विश्वमा सयभन्दा बढी जातका भैँसी छन् । तीमध्ये नेपालमा पाँच जातका भैँसी पालन गरिएको पाइन्छ । नेपालमा स्थानीय चार ९लिमे, पारकोटे, गड्डी र तराई जात ० र भारतबाट आयात भएको एक ९मुर्रा० गरी पाँच जातका भैँसी पालन गरिएको हो ।

लिमे, पारकोटे र गड्डी पहाडी क्षेत्रमा पालिने भैँसी हो भने तराई भैँसी र मुर्रा तराईमा पालिएका छन् । मुर्रा भैँसी भारतबाट नेपाल भित्र्याइएका हुन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top