एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ

एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषधसहित पक्राउ

९ कार्तिक, सिरहा ।

सिरहा नगरपालिका–१८ का वडाध्यक्ष रामसोगारथ यादव लागूऔषधसहित पक्राउ परेका छन् ।

सरकारी नम्बर प्लेट स१ ब९३८ नम्बरको मोटरसाइकलमा सवार यादव १५ वटा नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए । उनी भारतबाट फर्कँदै गर्दा प्रहरीले माडर चोकबाट पक्राउ गरेको हो ।

यादवमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.