ब्राण्ड बन्दै पाल्पाली ढाका

८ कात्तिक ७८, मंगलबार

९ कार्तिक, पाल्पा ।

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो। यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन्।

तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ। तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेको छ। यसले उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका छन्।

गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ।

पाल्पाली ढाका सङ्घले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ। युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका कपडा बजारमा आउने भएको छ।

भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्था आएको छ। यसले गर्दा ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा जुटेको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताए उनका अनुसार तीनवर्षे ब्राण्डिङ योजना बनाउनका लागि परियोजनाले इमेज आर्ट संस्था काठमाडौँसँग सम्झौता गरी काम अगाडि बढाएको छ। योजना तयारपश्चात् बजारमा छिट्टै पठाइँदैछ।

उनी भन्छन्, ‘ब्राण्डिङ गरेको सामान तानसेन र र काठमाडौंमा आउँदो डिसेम्बर अर्थात् जनवरी पहिलो महिनामा एकैसाथ शुभारम्भ गर्ने तयारी छ, काठमाडौँमा चारवटा र पोखरामा एक सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने कुरा भइसकेको छ, ब्राण्ड बनाएर बजार पठाएपछि यहाँको ढाका कपडाको व्यापार अझ फस्टाएर जानेछ ।”

ब्राण्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ । कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाए÷नपाएको, कामदारमाथि दुव्र्यवहार छ÷छैन लगायत विभिन्न मापदण्ड तयार पारेको छ।

सुरुवाती चरणमा तानसेन र काठमाडौंमा एकैसाथ कार्यक्रम सुुरुआत गर्ने तय भएको छ भने विस्तारै ब्राण्ड बनेको ढाका नेपालका सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा सामान पु¥याउने परियोजनाको योजना छ। स्वीजरल्याण्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको छ। हाल यहाँ उत्पादन भएको ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ । ब्राण्ड बनेपछि पाल्पाली ढाकाको नाम बदनाम हुने क्रम रोकिने छ।

बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन्। अहिले ब्राण्डिङमा लैजाने भएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ।

उद्योगीको व्यापार फस्टाउने अवस्थामा छ। उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन यसले सहयोग पुग्नेछ। पाल्पाली ढाकाको कपडालाई ब्रान्ड बनाएर बजारमा पठाउँदा यसको छुट्टै पहिचान बन्ने र उपभोक्ताले पनि राम्रो सामान उपभोग गर्न पाउने बताउँछन्, पाल्पाली ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जन।

‘तानबाट हातले बुनेका ढाका कपडाको छुट्टै महत्व छ, ग्राहकले तानबाट उत्पादित सामग्री धेरै रोज्नुहुन्छ, तर यहाँ त हिजोआज बाहिरबाट आएका ढाकाले बजार बिगारेको हुँदा अब सबै ग्राहकले पहिचान गर्ने खालको ब्राण्ड बनाएर बजार पठाउँछौँ,’ अध्यक्ष महर्जनले भने।

महर्जनका श्रीमान् स्व गणेशमानले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन्। अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ। त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो।

स्व गणेशमानले सुरु गरेको व्यावसाय अहिले पनि निरन्तर चलिरहेको छ। उनकी श्रीमती पूर्णमाया हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउँछिन्। उनी उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिएकी छन् । पूर्वदेखि पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उनको भनाइ छ। साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायत गरी करिब ९० थरिका सामान उत्पादन गर्छिन्। सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिन्छिन्। हाल उनको कारखानामा २५ महिला कामदार छन्।

एक वर्षअघिदेखि सुरु भएको ढाका सङ्घले हालसम्म पहिलो चरणमा ५०, दोस्रो चरणमा ९८ जनालाई ढाका कपडा बुनाई तालिम दिइसकेको छ भने तेस्रो चरण अन्र्तगत हाल १९५ जनामाझ तालिम चलाइरहेको छ। दश जनालाई ढाका सिलाइकटाई, १५ जनालाई ढाकाको प्राविधिक उत्पादनसम्बन्धी तालिम उपलब्ध गराएको छ। यस कार्यक्रममा ९८ प्रतिशत महिला आबद्ध छन् । बन्द रहन पुगेका दुई उद्योगः कार्की ढाका उद्योग र महेश ढाका उद्योगलाई पुर्नउत्थान गर्ने काम भएको छ।

पाल्पामा नौवटा उद्योगबाट परियोजना सञ्चालनमा आएको छ भने त्यसयता तीनवटा नयाँ कारखाना स्थापना भएका छन्। जसमा बिस्कुनडाँडा ढाका उद्योग, राधिका ढाका उद्योग, भगवती ढाका बुनाई र एक वटा दर्ता प्रक्रियामा छ। देश तथा विदेशमा छुट्टै पहिचान बोकेको पाल्पाली ढाका कपडाको ब्राण्डिङ गर्ने कार्य पहिले नै हुनुपर्ने भए पनि परियोजनामार्फत ढिला भए पनि जुन कदम चालिएको छ सही रहेको पत्रकार प्रकाश नेपाल बताउँछन्।

‘पाल्पाली ढाका कपडाको आवरणमा बाहिर उत्पादित कपडा बिक्री गर्ने प्रवृत्तिले ढाका कपडाको व्यापारमा उपभोक्ता र व्यवसायी दुवै मारमा परिरहेका छन्, ब्राण्डिङ गरेर बजारमा लैजाने योजना छ, त्यसले बाहिरबाट उत्पादित ढाका कपडाको व्यापारमा उपभोक्ता ठगिनबाट जोखिनेछन्, यसलाई निरुत्साहित गर्नुपर्छ,’ उनले भने। अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन्। दसैँअघिमात्रै तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा पाल्पाली कोसेली घर पनि सञ्चालनमा ल्याइएको छ। रासस

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top