नेकपा पुनर्गठनको गृहकार्यमा प्रभु साह

८ कात्तिक ७८, मंगलबार

९ कार्तिक, काठमाडौं ।

नेकपा एमालेका नेता प्रभु साहले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)पुनर्गठनको तयारी गरेका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एकता गर्दै नेकपा गठन गरेको भएपनि सर्वोच्च अदालतको फैसलाले पार्टी एकता ब्युतिएको थियो।

नेकपामा रहँदा केपी ओलीको पक्षमा लागेका नेता साह पार्टी एकता ब्युँतिएपनि माओवादी केन्द्रमा नगएर एमालेमै बसेका थिए। ओलीलाई साथ दिएवापत उनी सहरी विकास मन्त्री बनेका थिए।

ओलीसँगै बेसेपनि साहले आफूलाई एमाले भन्न भने रुचाउने गरेका छैनन्। साहले ओलीको नेतृत्वलाई मान्ने तर नेकपाको निरन्तरता हुनुपर्ने सर्तमा एमालेमै बसेको बताउँदै आएका छन्। एमाले अध्यक्ष ओलीले पुरानै शैलीको एमालेलाई सक्रिय बनाएको भन्दै साहले ८ बुँदे प्रस्ताव अघि सारेका थिए।

अध्यक्ष ओलीले नेकपाकै निरन्तरता एमाले भएको बताउने गरेपनि व्यवहारमा त्यसो हुन नसकेको भन्दै साह असन्तुष्ट छन्। जसका कारण साह नेकपा पुनर्गठनको गृहकार्यमा लागेका हुन्।

एमालेमै रहने गरि अध्यक्ष ओलीसँग केही चरणमा वार्ता भएपनि कुरा मिल्न नसकेको साह निकट एक नेताले बताए।

ओली अग्रगमनलाई स्वीकार्नुभन्दा पुरानै विचार र अजेन्डामा फर्किएकोले साह र उनीनिकट नेताहरु नेकपा पुनर्गठनको तयारीमा जुटेका हुन्। ती नेताका अनुसार नेकपाको केन्द्रीय कमिटीसमेत चयन भइसकेको र केही दिनमै राष्ट्रिय भेलामार्फत देशलाई अग्रगामी निकास दिनका लागि नेकपा पुनर्गठन भएको सन्देश दिने तयारी रहेको छ।

देशलाई अग्रगामी निकास दिन तथा विद्यमान राजनीतिक संकट निवारणका लागि नेकपा पुनर्गठनमार्फत नयाँ समाजवादी केन्द्र बनाउने प्रभु साहको तयारी रहेको छ। उनी पछिल्लो समय आइटी आर्मीमार्फत तराईका जिल्लामा राजनीतिक गतिविधीमा सक्रिय छन्।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top