मोरङमा कार्यरत प्रहरी हवल्दार असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, विराटनगर ।

Advertisement

इलाकाप्रहरी कार्यालयपथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादव असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।

विभागिय मुल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान र्पुयाउनुको साथै अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको भन्दै इलाका प्रहरी कार्यालय पथरी, मोरङ दरबन्दी भई प्रहरी चौकी अमाहिबरियाती मोरङमा कार्यरत प्रहरी हवल्दार हुमेन्द्रप्रसाद यादवलाई असोज महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top