सर्वोच्च संकटः आज पनि इजलास बसेनन्, राजीनामा नदिने प्रधानन्यायाधीशको अडान

सर्वोच्च संकटः आज पनि इजलास बसेनन्, राजीनामा नदिने प्रधानन्यायाधीशको अडान

९ कात्तिक, काठमाडौं।

प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोके पनि सुनुवाइ भएन । सोमबार पनि न्यायाधीशहरुले इजलास बस्न अस्वीकार गरेका थिए ।

प्रधानन्यायाधीशको राजीनामा माग गरेका न्यायाधीशहरुले निर्णय फिर्ता लिएका छैनन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग् मंगलबार भेटेरै सर्वोच्चका न्यायाधीशहरुले न्यायालयलाई बन्दी बनाउन नहुने भन्दै निकास दिनुपर्ने माग राखेका थिए ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश र न्यायाधीशहरुको भेट भएको जानकारी दिए । प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.