सभामुख एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएः केपी ओली

सभामुख एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएः केपी ओली

९ कात्तिक, काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका संसदको नेतृत्व ठीक नभएको टिप्पणी गरेका छन् । मंगलबार एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उनले सभामुख नै एमालेविरुद्ध नांगो ढंगले षडयन्त्रमा उत्रिएकाे आराेप लगाएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाप्रति पहिलेदेखि नै आक्रोस पोख्दै आएका ओलीले एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई आफ्नो पार्टीविरुद्ध काम गर्न सहयोग पुर्‍याएको आरोप लगाए ।

उनले भने, ‘नेकपा एमालेको पत्र विचाराधीन राखेर निर्वाचन आयोगलाई एमालेविरुद्धका गतिविधि गर्नका लागि सजिलो बनाइदिने ?व्यवस्थापिका प्रभावकारी ढंगले अघि बढ्न सकेन । निस्प्रभावी भयो र पक्षपातपूर्ण भयो । त्यसको नेतृत्व नै ठीक भएन ।’

ओलीले आफ्नो सरकारले ल्याएका अध्यादेश खारेज गर्ने र संसदमा विचाराधीन विधेयक पनि अगाडि नढाइएको बताए । उनले चार वर्षअघि जनताले दिएको जनादेशको व्यवस्थापिकामा दुरुपयोग भएको पनि आरोप लगाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.