रमेश खरेल भन्छन्- नेताहरु भारतको लम्पसारवादमा गए

८ कात्तिक ७८, मंगलबार

९ कात्तिक, काठमाडाैँ ।

Advertisement

नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक (डिआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका हुन् ।

Advertisement

उनले रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण बिरोध गर्नुपर्ने बताए । उनले काठमाडौं दुविधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गरे । उनले यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै नेताहरु नै भारतसँग लम्पसारवादमा गएको आरोप लगाए ।

पूर्व डिआईजी खरेलले कितावमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताउँदै पुस्तकमा नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र यथार्थ भएको टिप्पणी गरे। पूर्व डिआईजी खरेलले भने, ‘काठमाडौं दुविधामा छ, भन्ने यो पुस्तकको शीर्षक हो, यसको सबै दोष हाम्रा राजनीतिक लिडरहरुलाई जान्छ, हामी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बिस्तार गर्न चाहन्छौँ तर हाम्रा शासकहरु दुविधामा भए, लम्पसारवादमा विश्वास गरे, व्यक्तिगत स्वार्थका लागि नेपाल–भारतको नाता व्याख्या गर्न थाले, जसकारण भारतले हामीलाई हेप्यो, कितावमा मात्र होइन, हाम्रो राष्ट्रियतामाथि भारतले प्रहार गरेको छ, हाम्रो निकम्मापनका कारण हामी हेपिएका छौँ, नेपाल सरकार यो किताव सार्वजनिक भएको १५ दिन हुँदा समेत मौन छ, हामीले शान्तिपूर्वक यसको बिरोध गर्नुपर्छ, पुस्तकमा लेखिएका नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र भने यथार्थ हो ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top