विद्युतीय सवारीसाधन उत्पादन गर्ने सरकारको लक्ष्य छः उर्जामन्त्री भुसाल

९ कात्तिक, काठमाडाैँ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन् । मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन् ।

उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन्। मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि स्पष्ट पारिन्।

सरकारी कार्यालयहरुमा अब मात्र विद्युतीय सवारी

विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताइन् ।

उर्जामन्त्री भुसालले भनिन्, ‘मलाई खुशी लागेको छ, अब नेपालमा इलेक्ट्रिसिटीबाट चल्ने अटो रिक्साको लञ्च भएको छ, आजसम्म आइपुग्दा नेपालीहरुलाई चाहिने पर्याप्त जलविद्युतको उत्पादन गरिसकेका छौँ, त्यस अर्थमा पनि यस प्रकारको अटो रिक्सा लगायतका विद्युतीय सवारीसाधन सबै प्रकारका नेपालमा सञ्चालन हुँदा हाम्रो आफ्नो देशको हाइड्रो इलेक्ट्रिसिटी भेकलका रुपमा प्रयोग हुँदा देशको अर्थतन्त्रमा योगदान हुन्छ, असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउँछ,यसले रोजगार बढ्छ, यायायातबाट आफ्नो शक्ति प्रयोगको हिसावले पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्दै जलविद्युतको प्रयोग गरेर अघि बढ्दा अर्थतन्त्रको विकास हुन्छ, सरकारले विद्युतीय सवारीसाधनलाई बढावा दिने नीति ल्याएको छ, अब सरकारी कार्यालयका साधनहरु विद्युतिय खरिद गर्ने नीति सरकारले लिएको छ,सार्वजनिक यातायातका ठूला साधन बढाउने निर्णय गरेको छ ।’

मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क

मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलितयका लागि तयार रहेको बताइन्। उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल लागू हुने बताइन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top