बार सल्लाहकारको सुझाव- प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन

बार सल्लाहकारको सुझाव- प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन

९ कात्तिक, काठमाडौं ।

नेपाल बार एसोसिएसनका सल्लाहकाहरूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले अविलम्ब राजीनामा दिनुपर्ने मत राखेका छन् । मंगलबार  बसेकाे बार सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीशले राजीनामा नगरे आन्दोलनका कार्यक्रम घोषणा गर्न बारलाई सुझाव दिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।

 बैठकका निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘सल्लाहकारको बैठकमा ९९.५ प्रतिशत सल्लाहाकारको मत उहाँले अविलम्ब राजीनामा गर्नुपर्छ भन्ने छ । अब कार्य समिति बसेर निर्णय गर्छ र नेपाल बारको त्यो सुझावको आधारमा उहाँले अविलम्ब राजीनामा गर्नुभएन भने देशव्यवापी आन्दोलन गर्नुपर्छ भन्ने सल्लाह रहेको छ ।’

कार्यपालिकामा भाग खोजेको भन्दै प्रधानन्यायाधीश राणा विवादमा परेका छन् । उनलाई चारैतिरबाट राजीनामा गर्न दबाब आएको छ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.