ललितपुरको जावलाखेलमा शुक्रबारदेखि गोदावरी पुष्प प्रदर्शनी

९ कात्तिक ७८, बुधबार

९ कात्तिक, काठमाडाैँ ।

Advertisement

कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण आगामी शुक्रबारदेखि हुने भएको छ ।फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको हो ।

एशोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको सबै तयारी पूरा भएको जनाएको छ । प्रदर्शनीमा ४४ वटा व्यवसायीक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल राखिने एशोसिएसनले जनाएको छ । प्रदर्शनीमा नेपालमा विगत बर्षदेखि नै व्यवसायीक उत्पादन हुदै आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस बर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरुको समेत प्रदर्शनी तथा विक्रि, वितरण हुनेछ । यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरुको समेत प्रदर्शनी हुने छ । चार दिने मेलामा उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाणपत्र प्रदान गर्ने समेत एशोसिएसनले जनाएको छ । यस बर्ष विभिन्न विधामा गरिने प्रतिप्रर्धात्मक प्रदशनी भने नहुने एशोसिएसनले जनाएको छ ।

Advertisement

हरेक वर्ष तिहार पर्वलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोना भाइरसका कारण गत वर्ष भने स्थगन गरिएको थियो । एशोसिएसनले यस पटकको प्रदर्शनीमा ५० लाख रुपैयाँको कारोबार हुने आशा गरेको छ । नेपालमा हाल १ सय ५७ हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा पुष्प खेती हुने गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top