पत्रकारका लागि कडा कानुन, आचारसंहिता उल्लंघन गरे तीन वर्ष जेल

काठमाडौं, साउन १७
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार आचार संहिता लागु गर्न कडा कानुन आउन लागेको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कास्की शाखाको संयोजनमा बिहीबार पोखरामा आयोजित ‘पत्रकार आचारसंहिता जागरण अभियान’मा श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले भदौ १ देखि डरलाग्दो कानुन आउँदै गरेको बताउँलै उक्त कानुनले पत्रकार आचारसंहिता उल्लंघन गरे तीन वर्ष जेल र ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बताए ।

पत्रकारको नाममा पेसागत आचारणविपरीत कुनै काम भए प्रेस काउन्सिल र पत्रकार महासंघले कदापी संरक्षण नगर्ने कार्यबाहक अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । उनले पत्रकारको अधिकारका लागि लडेपनि अराजकका निम्ति नलड्ने बताए ।

Advertisement

पत्रकारितामा ९० प्रतिशत राजनीति हावी भएको भन्दै उनले स्वतन्त्र पत्रकारिता र मर्यादित पत्रकारिताको साथमा आधुनिक प्रविधिमैत्री पत्रकारिता आजको आवश्यकता भएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top