शहीदका विषयमा विवाद नगरौँ: मन्त्री पौडेल

९ कात्तिक, काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिएका छन् ।

नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको अवसर पारेर यहाँस्थित इजरायली राजदूतावासको सहयोगमा इजरायलमा उच्च शिक्षा हासिल गरेका नेपालीहरूको संस्था सलोम क्लब नेपालले आज गोकर्णेश्वर नगरपालिका–४ जगडोलस्थित राष्ट्रिय शहीद तथा शान्ति उद्यानमा आयोजना गरेको वृक्षरोपणको शुभारम्भ गर्दै उनले देशका निम्ति आफ्नो प्राण वलिदान गरेका शहीदहरूलाई यो वा त्यो राजनीतिक दलसँग आबद्ध थिए भन्नु न्यायसङ्गत नहुने बताए ।

सात राजनीतिक दलको सक्रियतामा नेपालमा गणतन्त्र स्थापना भएको तथा राष्ट्रिय शहीद तथा शान्ति उद्यान पनि ती दलको अगुवाइमा नै बनेको भन्ने भ्रामक भनाइको खण्डन गर्दै मन्त्री पौडेलले शहीदका विषयमा विवाद नगरौँ भनेका हुन्। उद्यानमा भौतिक संरचनालगायत आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय र व्यक्तिगत रुपमा हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पौडेलले राष्ट्रिय शहीद तथा शान्ति उद्यानलाई अझ व्यवस्थित तुल्याउन सम्बद्ध पक्षसँग आग्रह गरे ।

उनले भने, “नेपाल भ्रमणमा आउने विशिष्ट विदेशी पाहुनालाई देखाउने उद्यानको रुपमा यसलाई व्यवस्थापन र विकास गरौँ।” नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले उद्यान निर्माणमा सबै राजनीतिक दलको उल्लेखनीय योगदान रहेको चर्चा गर्दै भावी पुस्ताका निम्ति पुर्खाको धरोहररुपी जगडोल उद्यानको संरक्षण अपरिहार्य भएको बताए ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले पर्यावरणीय स्वच्छता कायम गर्ने तथा वातावरण संरक्षणको दायित्व विश्वका हरेक नागरिकको कर्तव्य भएको विचार व्यक्त गर्दै शिक्षाको माध्यमबाटै हरेक नागरिकमा आफू बस्ने पृथ्वी र यसको पर्यावरण जोगाउन अभिप्रेरित गर्न सकिने बताए ।

क्लबका अध्यक्ष भीमप्रसाद श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, जिल्ला वन कार्यालय काठमाडौँका अधिकृत अनिल रेग्मी र उद्यानका अध्यक्ष सुदर्शन सिग्देलले उद्यानको विकास, त्यसको संरक्षण एवम् व्यवस्थापनमा झेल्नु परेका कठिनाईबारे जानकारी दिएका थिए। नेपाल–इजरायल दौँत्य सम्बन्ध स्थापनाको ६१ औँ वर्षको सन्दर्भ पारेर आजै सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरियो ।

नेत्री कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सङ्ग्रहालयका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतले ठूलो जोखिम मोलेर बिपी कोइरालाले इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका प्रसङ्ग उल्लेख गरे। “राजा महेन्द्र र छिमेकी देशका प्रधानमन्त्रीलाई चकित तुल्याउने साहसिक निर्णय बिपीले गर्नुभएको हो,” प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले भर्खरै अस्तित्वमा आएको इजरायललाई मान्यता दिएर कूटनीतिक सम्बन्ध कायम गर्नु तत्कालीन समयमा अनपेक्षित रहेको स्मरण गर्दै उनले बताए ।

राजदूत गोडेरले इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेन्गुरिएन र नेपालका प्रथम प्रधानमन्त्री बिपी कोइरालालाई दूरदृष्टि भएका राजनेताका रुपमा चित्रित गर्दै नेपाल र नेपालीप्रति इजरायल सधैँ कृतज्ञ रहेको बताए । रासस

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top