नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम पनि बढ्यो

९ कात्तिक ७८, बुधबार

९ कात्तिक, काठमाडौँ ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७८.८२ अङ्कले उकालो लागेर दुई हजार ७५१.०७ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.५० अङ्कले बढेर ५१६.०७ मा पुगेको छ । कूल २२७ कम्पनीको एक करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर रु छ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ४५.०१, व्यापार ८३.३६, होटल तथा पर्यटन २३२.२, विकास बैंक १८५.८३, जलविद्युत् १२३.५९, वित्त १३६.६६, निर्जीवन बीमा ३१७.५३, उत्पादन १७४.५५, अन्य ४४.८८, लघुवित्त ६८.३१, जीवन बीमा ४९९.९८, सामूहिक लगानी कोष ०.२१ र लगानी ३.९१ अङ्कले बढेको छ ।

कारोबारका आधारमा कामना सेवा विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४४ करोड ७४ लाख ५७ हजार ७४६ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु ३४ करोड ७८ लाख ७७ हजार, एनआइसी एशिया बैंक रु २४ करोड ५५ लाख १५ हजार ३६०, अरुण भ्याली हाइड्रोपावर रु १६ करोड ७३ लाख १८ हजार र अपि पावर कम्पनी रु १३ करोड ७० लाख ३६ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार विभिन्न ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा वेष्ट फाइनान्स कम्पनी, ङादी ग्रुप अफ पावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत् कम्पनी, घलेम्दी हाइड्रोपावरलगायत ११ कम्पनीको शेयर मूल्य १० प्रतिशतले उकालो लागेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै साना किसान विकास बैंक दुई, सानिमा बैंकको ऋणपत्र १.९६, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र १.९४, सिटिजन म्युचुअल फण्ड ०.९९ र रैराङ हाइड्रोपावरका लगानीकर्ताले ०.९७ प्रतिशतले गुमाए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५१ अर्ब ४६ करोड ७८ लाख ९९ हजार ३२ बराबर पुगेको छ । रासस

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top