ओलीको नाम गिनिज बुकमा गफाडी प्रधानमन्त्री भनेर लेखिन्छ : माधव नेपाल

९ कात्तिक,  सर्लाही ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ओलीले गफबाहेक विकासका अरु कुनै पनि काम नगरेको आरोप लगाएका छन्। मंगलबार सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलिले काम केही नगरेको र झुठा र हसाउने काम मात्र गरेको बताएका हुन् ।

उनले गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिने कुरा बताए । दुई तिहाई बहुमत भएको पार्टीलाई केपी ओलीले विभाजनको दिशामा लगेको नेपालले आरोप लगाए।

आफूहरुले नेताभन्दा नीति, पार्टी र विधिलाई मान्यता दिएको उनले बताए। उनले ओलीले पार्टी नेताका इशारामा चल्ने संस्था ठानेको बताउँदै भने, ‘दक्षिणपन्थी शक्तिसँग साठगाँठ गर्नुभयो। हामीले बामपन्थी र लोकतान्त्रिक शक्तिसँग एकता गर्यौं। ओली संविधानको हत्या गर्ने कार्यमा जुट्नु भयो। हामी संविधान बचाउने काममा जुट्यौं। हामीले देशभक्तिको झण्डा बुलन्द गर्यौं। उहाँले आत्मसमपर्ण र लम्पसारवादको नीति अपनाउनु भयो।भष्ट्रचार र सबै खालका अनुचित कार्यहरु गरेर सरकार संचालन गर्नुभयो। ,

देशमा आफूहरूले विद्रोहको राँको बालेको दावी गर्दै नेपालले राँको लिएर आफूहरु देश दौडाहामा लागेको बताए। उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा अहिले विद्रोहको झिल्को बलेको छ। कम्युनिष्ट आन्दोलनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ। नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्नका लागि समाजवादी अगाडि बढेको छ ।’

 उनले समाजवादी पार्टीले क्रान्तिकारी विरासतलाई बोकेको दावी गरेका छन्।  नेपालले अर्को प्रसंगमा केपी ओलीको पार्टीसँग कुनै पनि हालतमा एकता नहुने दावीसमेत गरे।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top