अब हुने चुनाव मेरा लागि अन्तिम हुनेछ: प्रचण्ड

अब हुने चुनाव मेरा लागि अन्तिम हुनेछ: प्रचण्ड

९ कात्तिक, काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब हुने संसदीय चुनाव आफ्ना लागि अन्तिम चुनाव हुने बताएका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग बाेल्दै अब ५ वर्षका लागि हुने निर्वाचनपछि आफूले चुनाव नलड्ने पनि बताए।

उनले आगामी निर्वाचनमा चितवन जिल्लाबाटै उम्मेदवारी दिने बताए। उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, तर म चितवन छोड्दिनँ। चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस्, म चितवन छोडेर अन्त जाँदिनँ।’

प्रचण्डले बुटबलमा हुने भनिएको एमालेकाे १० औं महाधिवेशन चितवनमा सारेर आफ्नो महत्व दर्शाइदिएको टिप्पणी गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.