×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने बारको निर्णय

१० कार्तिक २०७८

१० कात्तिक, काठमाडौं ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग एक मतले राजीनामा माग्ने निर्णय गरेको छ । मंगलबार बसेको बार एसोसिएसनको बैठकले प्रधानन्यायाधीशले सहज निकास नदिए देशैभर चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए ।

Advertisement
Advertisement

नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको महासचिव लीलामणि पौड्यालले जानकारी दिए ।

बैठकले न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि आलोचना गरेको छ । त्यस्तै, नेपाल बारले संविधान संशोधनको विषय पनि उठाएको छ ।

संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको सहभागिता, संसदीय सुनुवाइमार्फत न्यायाधीशको नियुक्ति लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने नेपाल बारको ठहर रहेको पौड्यालले जानकारी दिए ।

‘प्रधानन्यायाधीशज्यू निरन्तर रुपमा एक पछि अर्को विवादमा तानिनुभएको र त्यस्तो विवादले समग्र न्यायपालिकाको प्रतिष्ठा र गरिमामा गम्भीर आँच आइ स्वतन्त्र न्यायपालिकाप्रति नै गम्भीर प्रश्न उठेकोले अब उप्रान्त उहाँबाट संवैधानिक दायित्व पूरा हुन नसक्ने र यस विषम र विकराल परिस्थितिलाई समाधान गरि सबैको विश्वास जितेर समस्या समाधान गर्न असफल र असक्षम भइसक्नु भएकोले वर्तमान गतिरोधको अन्त्य गरि सहज निकास दिन सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र शम्शेर जबराज्यूले अविलम्ब राजीनामा दिइ मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेबाएको सल्लाहकार समितिको वैठकको सुझाव समेतका आधारमा नेबाएको मिति २०७८/०७/०५ गतेदेखिको निरन्तर बैठकको निर्णय अनुसार उहाँलाई पदत्याग गर्न आव्हान गर्दछौं,’ बारका महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएको भेटघाटमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन अस्वीकार गरेका थिए ।

 

Advertisement

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top