६ सय पालिकामा एमालेको अधिवेशन, सर्वसम्मतको नीतिले अधिवेशन लम्बिँदै

९ कात्तिक ७८, बुधबार

काठमाडौं : नजिकिँदो स्थानीय निर्वाचनको प्रतिस्पर्धामा चुनावी परिणाम पक्षमा पार्न एमालेले देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोशिस गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।

मंगलबार देशभरका सबै पालिकाहरूको अधिवेशन उद्घाटन भए पनि सर्वसम्मत नेतृत्व चयन गर्ने नीति प्राथमिकतामा रहेकै कारण एमालेको अधिवेशन बुधबारसम्म लम्बिएको छ । सात सय ५३ पालिकामध्ये करिब ६ सय पालिकामा अधिवेशन उद्घाटन भएकोमा करिब एक सयवटामा मात्र नयाँ नेतृत्व चयन भएका छन् ।

६ कात्तिकमा सम्पन्न अधिकांश वडाका अधिवेशन सर्वसम्मत टुंगिए पनि पालिकास्तरीय कमिटीको पदाधिकारीमा भने आकांक्षीहरू बढी देखिएकाले अधिवेशन बुधबारसम्म लम्ब्याएर भए पनि सबैतिर सर्वसम्मतिमै नेतृत्व छनोटका लागि अधिकतम कोसिस गरिने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

‘लोकतान्त्रिक विधिको उच्चतम बिन्दु भनेकै सर्वसम्मति भएकाले चुनावी प्रतिस्पर्धा नहोस् भन्ने नै हाम्रो चाहना हो,’ तामाङले भने, ‘पालिकास्तरको अधिवेशन, केन्द्रीय महाधिवेशन सकिए लगत्तै पार्टीले क्रमशः सम्पन्न हुने निर्वाचन फेस गर्नुपर्ने भएकाले नेता–कार्यकर्ताहरूबीचको हार–जितले पार्टी एकता मजबुत नबनाउने भएकाले हामीले सर्वसम्मतिमा जोड दिएका छौं ।’

तामाङका अनुसार बुधबारसम्म अधिवेशन लम्ब्याएर भए पनि सर्वसम्मतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिइएकाले अन्तिमसम्म गरिने कोसिसबाट पनि सहमति हुन नसकेका नगण्य स्थानमा मात्र चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चुनिने छन् । त्यस्ता स्थानहरूमा चुनावी प्रतिस्पर्धाका लागि एमालेले तयारी गरिरहेको छ ।

एमालेले पालिका अधिवेशनका लागि वडाबाट चुनिएर गएका प्रतिनिधि बन्दसत्रमा सहभागी छन् । जसअनुसार थोरै सदस्य संख्या भएका वडाहरूबाट सबै संगठित सदस्य सहभागी छन् भने औसत सदस्य भएका वडाहरूबाट पाँच सदस्यबराबर एक प्रतिनिधि तथा धेरै सदस्य भएका स्थानहरूबाट १० सदस्यबराबर एक जना प्रतिनिधि सहभागी छन् ।

अधिवेशनबाट गाउँपालिका र नगरपालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ७५ सदस्यीयसम्म कमिटी चयन हुनेछ । त्यस्तै, उपमहानगरमा पाँच पदाधिकारीसहित ८५ सदस्यीय र महानगरमा पनि पाँच पदाधिकारीसहित एक सय एक सदस्यीय कमिटी चयन हुनेछ । सबै कमिटीहरूमा ३३ प्रतिशत महिला अनिवार्य चुनिने छन् ।

एमालेले सर्कुलरमा महिलाको समावेशिता सुनिश्चित गर्न भनेको छ । त्यस्तै, कमिटी सर्वसम्मत चुन्न निर्देशन दिँदै एमालेले भनेको छ, ‘नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने ।’

एमालेले पार्टीको दशौं महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दै छ । भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले पनि लोकतान्त्रिक विधिमा सबैभन्दा सर्वोत्तम विधि सर्वसम्मत नै भएकाले त्यसैलाई प्राथमिकता राखेर सकारात्मक सन्देश दिन कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए । अध्यक्ष ओलीबाट भर्चुअल माध्यमबाट उद्घाटित अधिवेशनमा देशभर ६ लाखभन्दा बढी कार्यकर्ता सहभागी भएको एमालेले दाबी गरेको छ ।

घनश्याम भुसालको जोड : प्रतिस्पर्धाबाट नेतृत्व

पार्टीले देशभर सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकता दिइरहेका वेला उपमहासचिव घनश्याम भुसालले भने पालिका अधिवेशनबाट लोकतान्त्रिक चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनोटमा जोड गरेका छन् । अधिवेशनको अघिल्लो साँझ सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै भुसालले दलाल पुँजीवाद र व्यक्तिवादसँग लड्ने नेतृत्व आउने अपेक्षा गरेका छन् ।

‘पालिकास्तरको नेतृत्वको क्रान्तिकारी र लोकतान्त्रिक चरित्रको ग्यारेन्टी गर्न सकियो भने माथिल्लास्तरमा आउन सक्ने विचार तथा सिद्धान्तहीनता र त्यसले उत्पन्न गर्ने व्यक्तिवाद, अराजकतावाद, दक्षिणपन्थजस्ता खतरासँग सजिलै जुुध्न र परास्त गर्न सकिन्छ । त्यसैले भोलि हुने पालिकास्तरका अधिवेशनहरूमा क्रान्तिकारी, लोकतान्त्रिक तथा समावेशी कमिटीहरूको निर्वाचन हुने कुुराको औधी महत्व छ,’ भुसालले भनेका छन् ।

त्यस्तै, उनले अधिवेशनबाट दलाल पुँजीवादका लागि लड्ने कमिटी निर्माण गर्नु नै महत्वको काम भएको बताएका छन् । ‘दलाल पुँजीवादका विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने दिशामा लोकतान्त्रिक अभ्यासका साथ अगाडि बढ्न हामीले विकसित गरेको कार्यदिशा कम्युनिस्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो ।

यद्यपि, त्यसअनुुरूप समाजवादका लागि आजको ठोस कार्यक्रम र त्यसैअनुुरूप संगठनात्मक योजना निर्माण गर्न बाँकी छ,’ उनले भनेका छन्, ‘दलाल पुँजीवादका विरुद्ध विचार, सिद्धान्त, राजनीति र संगठनका क्षेत्रमा तयारी गर्दै र त्यसका आधारमा सिंगो पार्टीलाई एकतबद्ध पार्दै अगाडि बढ्न सक्यौं भने हामीले जुनसुकै चुुनौतीलाई सामना गर्न सक्नेछौं । संक्षेपमा, दलाल पुुँजीवादका विरुद्ध लड्न सक्ने पार्टी कमिटीहरूको निर्माण गर्नु हाम्रा लागि सबैभन्दा महत्वको काम हो ।’,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top