×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

निक्षेप संकलन र कर्जा प्रवाह रोकियो

१० कार्तिक २०७८

काठमाडौं: बैंकहरूको अपेक्षाविपरीत दशैं सकिएपछि वाणिज्य बैंकहरूको निक्षेप अनपेक्षित रूपमा घटेको छ । दशैंपछि अर्थात् कात्तिकको पहिलो साता वाणिज्य बैंकहरूको कुल निक्षेप नै झन्डै २० अर्बले घटेको छ ।

नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार कात्तिकको पहिलो साता कुल निक्षेप नै रू १९ अर्ब ५२ करोडले घटेको छ । गत असोज मसान्तसम्म बैंकहरूसँग कुल ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप थियो । तर, कात्तिक ५ गतेसम्म आउँदा त्यो घटेर ४२ खर्ब ४९ अर्बमा सिमित भएको छ । दशैंपछि बैंकहरूमा थप नयाँ निक्षेप नआएको देखिएको छ ।

Advertisement
Advertisement

दशैंअघि सर्वसाधारणले खर्चको जोहो गर्न बैंकबाट पैसा झिक्ने गर्छन् । दशैं सकिएपछि भने खर्च गरेर बाँकी रहेको पैसा, दक्षिणाबापत आएको पैसा बैंकमा नै जम्मा गर्ने गरिन्छ । यसै आधारमा दशैंपछि निक्षेप संकलन बढ्ने बैंकहरूको अपेक्षा थियो । तर, उल्टो भएको कुल निक्षेप नै घटेको छ ।

असोजयता बैंकहरूको निक्षेप उत्साहपूर्ण रूपमा नै बढेको थियो । तर, कात्तिकमा आएर त्यसमा ब्रेक लागेको छ । सरकारले खर्च नगर्दा असोजको पहिलो सातासम्म निक्षेप संकलन हुन सकेको थिएन । अहिले सरकारले खर्च गर्न शुरू गरेसँगै निक्षेप पनि बढ्न थालेको थियो । तर, कात्तिकमा आएर सरकारको खर्च पनि घटेको छ ।

तथ्यांकअनुसार यस अवधिमा विदेशी मुद्राको निक्षेप ह्वात्तै घटेको छ । यो अवधिमा यस्तो निक्षेप १५ अर्ब ५७ करोडले घटेको छ । स्वेदशी मुद्राको निक्षेप भने ४ अर्ब ५४ करोड रुपैयाँले घटेको छ ।

गत असोज मसान्तसम्म १ खर्ब ५० अर्ब रुपैयाँ रहेको विदेशी मुद्राको निक्षेप अहिले १ खर्ब ३५ करोडमा झरेको छ । असोज मसान्तसम्म ४१ खर्ब १७ अर्ब रुपैयाँ रहेको स्वदेशी मुद्राको निक्षेप अहिले ४१ खर्ब १३ करोडमा सीमित भएको छ ।

बैंकहरूले आफूसँग भएको विदेशी मुद्राको डिपोजिट अर्को बैंकमा राखेर ब्याज आम्दानी गर्दै आएका थिए । तर, राष्ट्र बैंकले हालै त्यसमा रोक लगाएको छ । फलस्वरूप विदेशी मुद्राको निक्षेपमा कमी आएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘बैंकहरूले आफूसँग भएको निक्षेप अर्को बैंकमा राख्दो मल्टीपल रूपमा निक्षेप गणना हुन्थ्यो ।

तर, त्यसमा रोक लगाएपछि अहिले खुद निक्षेप मात्रा गणना गरिएको छ, फलस्वरूप विदेशी मुद्राको निक्षेप घट्न गएको हो,’ उनले भने ।

Advertisement

निक्षेप संकलनमा ह्रास आउँदा त्यसको सोझो असर कर्जा प्रवाहमा परेको छ । बैंकहरूले असोज मसान्तसम्म उच्च मात्रामा कर्जा प्रवाह गर्दै आएका थिए । तर, कात्तिकको पहिलो सातामा कर्जा प्रवाह नै हुन सकेको छैन । यस अवधिमा कुल कर्जा प्रवाह नै ६३ करोड रुपैयाँले घटेको तथ्यांकमा उल्लेख छ ।,याे समाचार आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top