यमनको मारिबमा ८५ विद्रोही मारिएको साउदी नेतृत्वको सैन्य गठबन्धनको भनाइ

९ कात्तिक ७८, बुधबार

१० कात्तिक, एजेन्सी ।

यमनमा राष्ट्रसंघद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक शहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोहीको ज्यान गएको बताइएको छ ।

साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र शहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई आक्रमणबाट विद्रोहीले प्रयोग गर्दै आएका ‘नौ वटा सैनिक गाडीहरू ध्वस्त भएका र ८५ विद्रोहीहरू मारिएका छन् ।

इरान समर्थित यमनी हुथीहरूले यसबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । यमनमा अरब स्प्रिङको विद्रोहपछि यमनमा स्थिरता ल्याउने अनुमान गरिएको राजनैतिक परिवर्तनको असफलतामा यस द्वन्द्वको जरा रहेको छ ।

यमनमा लामो समयदेखि सत्तामा रहेका तत्कालिन राष्ट्रपति अली अब्दुल्ला सालेहलाई सन् २०११ मा आन्दोलनका बलमा उनका अब्द्रब्बु मनसुर हाडीलाई सत्ता सुम्पन बाध्य पारिएपनि त्यहाँको शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन । पछिल्लो समय यमनी पूर्व राष्ट्रपति सालेहलाई हटाउनु गलत भएको भन्ने स्वरहरू पनि बलियो बन्न थालेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top