एनआरएनए राष्ट्रिय समितिको भेलामा पत्रकारलाई ठेगान लगाइदिने चेतावनी

९ कात्तिक ७८, बुधबार

१० कार्तिक, अमेरिका ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समितिको भेलामा सहभागी अध्यक्षहरूले विदेशमा कार्यरत पत्रकारमाथि गालीगलौज तथा डरधम्की दिएका छन् ।

गैरआवासीय नेपाली संघ अमेरिकाको सक्रियतामा आइतबार सम्पन्न भेलामा सहभागी अध्यक्षहरूले आफ्नो अनुकूल समाचार नलेख्ने पत्रकारहरूलाई ठेगान लगाइदिने धम्की दिएका हुन् ।

एक दर्जन राष्ट्रिय समितिका अध्यक्षहरू सहभागी भएको बन्दसत्रमा गैरआवासीय नेपाली संघ स्पेनका अध्यक्ष शालिग्राम डुम्रेले संघको निर्वाचनमा आफ्नो पक्षले जितेपछि केही पत्रकारलाई ठेगान लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष दिपक गौतमले पत्रकारहरूले संघको केन्द्रीय कार्यालयबाट सूचना लिएर समाचार लेखेको भन्दै आक्रोश पोखेका थिए ।

पछिल्लो समयमा पंजीकृत सदस्यहरूको शुल्क नतिरेको र नेपाल बाढीपहिरोले आक्रान्त भएको बेला अध्यक्षहरू विधानविपरीत भेला गर्दै हिँडेको भन्दै आलोचना भएका समाचार प्रकाशित भएपछि उनीहरू आफ्नो कमजोरी ढकछोप गर्न आक्रामक भएका हुन् ।

भेलाको निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहा मगरले पत्रकार श्याम लुइँटेल र चिरन शर्मालाई जरोसमेत उखलेर फाल्ने धम्की दिँदै सार्वजनिक बेइज्जतीसमेत गरेका छन् ।

लुइँटेल नेपाल पत्रकार महासंघ बेलायतका सल्लाहकार र शर्मा महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष हुन् । पत्रकार सम्मेलनमा लुइँटेलले एनआरएनएको विधानका धारा उल्लेख गर्दै यसरी विधानविपरीत भेला आयोजना गर्न हुन्छ र ? भन्नेलगायतका प्रश्न गरेका थिए ।

शर्माले पनि केन्द्रीय समिति नै अवैधानिक भन्ने, फेरि त्यही केन्द्रीय समितिलाई नै माग राख्ने कसरी वैधानिक हुन्छ ? भन्ने प्रश्न सोधेपछि मगर आक्रोशित भएर धाकधम्की दिएका हुन् ।

गाहा मगरले पत्रकारको प्रश्नको मर्ममा प्रवेश नै नगरी सार्वजनिक कार्यक्रममै गालीबेइज्जती सुरु गरेका थिए । उनले पत्रकार सम्मेलनमा शर्मालाई आउन दिनै नहुने तर्क गरेका थिए । गाहा मगर बेलायतकै अर्का पत्रकार लुइँटेलमाथि खनिए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top