साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर

९ कात्तिक ७८, बुधबार

१० कार्तिक, दोहा ।

साउदीमा नेपाली दूतावासका लागि जग्गा खरिद सम्झौतामा हस्ताक्षर गरिएको छ ।

नेपाल सरकारले विदेशस्थित नेपाली नियोगहरूका लागि जग्गा, भवन वा अपार्टमेन्ट खरिद गर्दै जाने घोषित नीति लिएको छ ।

सोही नीति अनुरूप साउदी अरबको रियादस्थित नेपाली दूतावासको चान्सरी भवन तथा राजदूत निवास निर्माणका लागि रियादको डिप्लोम्याटिक क्वाटरभित्र जग्गा खरिदसम्बन्धी प्रक्रियामा हस्ताक्षर भएको हो ।

जग्गा खरिदसम्बन्धी सम्झौतामा नेपाल सरकारका तर्फबाट दूतावासका कार्यवाहक राजदूत दिलिपकुमार पौडेल र साउदी सरकारको तर्फबाट रोयल कमिसन फर रियाद सिटीका प्रमुख कार्यकारी अधिकृत फहद अब्दुल मोहसेन अल–रशीदले हस्ताक्षर गरेका छन् ।

दुई देशका सरकारबीच खरिद–बिक्री सम्झौता भएको उक्त जग्गाको कूल क्षेत्रफल ३ हजार ६ सय ६४ वर्गमिटर रहेको नेपाली दूतावासले जनाएको छ । खरिद गरेको जग्गामा ५ वर्षभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

नेपाल सरकारले खाडी क्षेत्रका मुलुकमध्ये सबैभन्दा पहिला साउदी अरबमा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसअघि नेपाली दूतावास साउदीको पुरानो राजधानी जेद्दामा सन् १९७८ मा खुलेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top