धनाढ्य अमेरिकीहरूलाई थप कर लगाउने योजना

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, वासिङटन ।

अमेरिकी सिनेटका सदस्य तथा डेमोक्रेटिक पार्टीका एक वरिष्ठ नेताले राष्ट्रपति जो बाइडेनको समर्थन रहेको बृहत् खर्च योजनालाई आर्थिक सहयोग गर्न धनाढ्य अमेरिकीहरूलाई कर लगाउने योजना बुधबार सार्वजनिक गरेका छन् ।

अमेरिकी सिनेटका वित्त समितिको नेतृत्वमा रहेका सिनेटर रोन वाइडेनका अनुसार प्रस्तावित अरबपति आयकर तीन वर्षको लागि एक अरब अमेरिकी डलर सम्पत्ति वा वार्षिक आयमा एक करोड अमेरिकी डलर भएका लगभग ७०० मानिसहरूमा लागू हुनेछ र यसबाट ‘अरबौं डलर’ जम्मा हुनेछ ।

यो कर उनको विशाल सामाजिक खर्च प्रस्तावलाई कोषको लागि राजस्व जुटाउने बाइडेनको डेमोक्रेटिक पार्टीले गरेको नवीनतम प्रयास हो । यसको लागि अनुमानित दुई खरब डलर खर्च हुनेछ र वासिङ्टनले विश्वव्यापीरूपमा पूर्वप्राथमिक तहका बालबालिकाको शिक्षा तथा रेखदेखका लागि अनुदान सहयोगजस्ता नीतिहरू लागू गर्नका लागि सहयोगी बन्ने विश्वास गरिएको छ ।

यो योजना कोभिड–१९ महामारीको पीडाबीच आफ्नो सम्पत्ती वृद्धि भएको बताउने र उनीहरूले देशलाई पर्याप्त योगदान गरिरहेका छैनन् भन्ने आलोचनालाई कम गर्नका साथै वासिङ्टनको कर योजनालाई पनि पूर्णता दिन देशका अरबपतिहरूमा लक्षित रहनेछ ।

सिनेटर वाइडेनले भने, “नर्स र अग्नि नियन्त्रकहरूजस्ता काम गर्ने अमेरिकीहरूले हरेक पलको कर तिर्छन् भने अरबपतिहरूले ‘सधैं’ वा दशकौंसम्म कर तिर्न आनाकानी गर्ने गर्छन् ।”

“सम्पत्ति सधैंभरि होल्ड गरेर कर नतिर्ने सबैभन्दा धनी थोरै व्यक्तिहरूले पनि आफ्नो जीवनशैलीको लागि ती सम्पत्तिबाट ऋण लिन सक्छन् । यसको अर्थ, तिनीहरू कर तिर्दैनन् र वाल स्ट्रीट बैंकहरूबाट दिइने ऋणमा कम ब्याजदर मात्र तिर्छन् ।”

यदि योजना लागू गरियो भने प्रत्येक वर्ष स्टकजस्ता अरबपतिहरूको सम्पत्तिको मूल्यांकन गरिनेछ र मूल्यमा वृद्धि भयो भने कर लगाइनेछ । उक्त प्रस्तावअनुसार यदि तिनीहरू घट्दै गएमा करदाताहरूले यसलाई सम्भाव्य तीन वर्षसम्म बन्द गर्नेछन् ।

यो स्टकको मूल्यमा कर सामान्यतया बिक्री भएमा मात्र तिरिने हालको अमेरिकी कानुनबाट आएको परिवर्तन हुनेछ । अमेरिकामा स्टकको मूल्यमा कर सामान्यतया बिक्री भएमा मात्र तिरिन्छ ।

अचल सम्पत्ति वा व्यापारिक हितजस्ता गैर–व्यापारिक सम्पत्तिको बिक्रीमा अर्को नयाँ कर लगाइने योजना र उक्त व्यक्तिले राखेको वर्षको दौडान तिरेको करमा ब्याज तिर्नुपर्ने प्रावधान रहेको थियो ।

थप करले धनी मानिसहरूलाई कम्पनीहरूमा नियन्त्रण गर्ने शेयर बेच्न बाध्य पार्न सक्छ भन्ने चिन्ताको समाधान गर्न उक्त प्रस्तावले व्यक्ति विशेषलाई एकल व्यवसायमा एक अरब अमेरिकी डलरसम्म स्टकलाई ‘गैर–व्यवसायिक सम्पत्ति’को रूपमा राख्न अनुमति दिन्छ । –एएफपी

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top