मोरङकाे रतुवामाईबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ

मोरङकाे रतुवामाईबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ

१० कात्तिक, विराटनगर ।

मोरङकाे रतुवामाई नगरपालिका-३ छालगाछीबाट विल नभएको ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

मंगलबार साँझ प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदीको तार बनाई ल्याएको अवस्थामा शर्मालाई फेला पारी पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

बरामद चाँदी सहित उनलाई आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय रानी विराटनगर पठाइने उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.