विवादकै बीच प्रधानन्यायाधीश जबराले हेर्न थाले मुद्दा

१० कात्तिक, काठमाडौं ।

Advertisement

आफ्नो राजीनामा माग गर्दै न्यायाधीशहरूले मुद्दा नहेरिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने इजलास सुरु गरेका छन्।

आफ्नो एकल इजलास राखेका उनले पाँचवटा मुद्दामा आदेश दिएका छन् । उनले अदालतको अवहेलना, बन्दी प्रत्यक्षकीकरण र कालाबजार तथा कन्य केही कसुरसम्बन्धी मुद्दा हेर्दै आदेश दिएका हुन् ।

Advertisement

उनले सोमबार र मंगलबार अरु न्यायाधीशहरूको राखे पनि आफ्नो इजलास राखेका थिएनन् । तर लगातारमा छलफलमा जुटेका अरु न्यायाधीशहरूले मुद्दा नहेरेपछि जबराले आफैं इजलास राखेर मुद्दा हेर्न थालेका हुन् ।

अन्य न्यायाधीशहरु भने आन्तरिक छलफलमै व्यस्त छन्। आजका लागि राणाले प्रधानन्यायाधीश वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका थिए।

Advertisement

अन्य न्यायाधीशहरुका लागि नौ वटा इजलासमा पेसी तोकेका छन्। न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई, वमकुमार श्रेष्ठ र कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी त्यस्तै प्रधानन्यायाधीश राणाले प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास तोकेका छन्।

सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन्। राणा सर्वोच्चमा एक्लो भएपनि उनले आफूले राजीनामा नदिने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top