कपिलवस्तुबाट अपहरण गरि भारत पुर्‍याइएकाे बालककाे १४ घण्टापछि सकुशल उद्धार

१० कात्तिक, कपिलवस्तु ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-३ गुलरीका पाँच वर्षीय बालकको अपहरण भएको १४ घण्टापछि सकुशल उद्धार गरिएको छ । घरमा खेल्दै गरेका पाँच वर्षीय सलमान खान डफाली मङ्गलबार दिउँसो १ बजे अपहरणमा परेका थिए ।

प्रहरीमा दिएको जाहेरी अनुसार भारतको सिद्धार्थनगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले अपहरण गरेका थिए । डफालीको बुधवार राति पौने ३ बजे उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

प्रहरीका अनुसार डफालीका बुवासँग आर्थिक लेनदेनको विषय नमिल्दा मुसलमानले बालक अपहरण गरेका थिए । उनलाइ कपिलवस्तु र रुपन्देहीको सीमा नजिकबाट मोटरसाइकल प्रयोग गरी भारत लगिएकाे थियाे ।

मुसलमानले पाउनुपर्ने रकम पाएपछि बालकलाई अपहरण मुक्त गरेका थिए । बालकलाई सकुशल मुक्त गराउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोग लिएको थियो ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top