कांग्रेसको तरुण विभागले गर्याे साफ उपविजेता टोलीलाई सम्मान

कांग्रेसको तरुण विभागले गर्याे साफ उपविजेता टोलीलाई सम्मान

१० कात्तिक, काठमाडाैँ ।

माल्दिभ्समा सम्पन्न १३औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली कांग्रेस तरुण विभागले आज नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो । नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानपत्र र नगद प्रदान गरे । विभागले खेलाडीलाई १० हजार र अफिसियल्सलाई ५ हजार रुपैयाँ प्रदान गरेको हो ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । उपविजेता बन्दै स्वदेश फर्किएको सोही टोलीलाई नगद सहित सम्मान गर्ने जनाएको हो ।

सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५÷५ लाख दिने निर्णय गरिसकेको छ । यस्तै प्रशिक्षकहरुलाई ३÷३ लाख दिने मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.