फेरि सर्‍यो कांग्रेस महाधिवेशन, मंसिर २७ देखि गर्न प्रस्ताव

१० कात्तिक, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसको महाधिवेशन फेरि सारिएको छ। मंसिर २७ देखि हुने नयाँ मिति तय गर्दै  महाधिवेशन सारिएको हो। योसँगै कांग्रेसको निर्वाचन कार्यतालिका ८औं पटक संशोधन भएको छ।

बुधबार बसेको कांग्रेस निर्वाचन समितिको बैठकले आउँदो २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। बाँकी रहेका वडा अधिवेशन कात्तिक २७, पालिका अधिवेशन कात्तिक ३० मा हुनेगरि मिति तय गरिएको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले बताए।कांग्रेसले १३ जिल्ला वडा अधिवेशन गर्न बाँकी छ।

Advertisement

यस्तै, मंसिर ३ मा प्रदेश निर्वाचन क्षेत्र, ६ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन गर्नेगरि मिति प्रस्ताव गरिएको छ। मंसिर १६ र १७ मा सातवटै प्रदेशको अधिवेशन गर्ने नयाँ कार्यतालिका छ।

कांग्रेस शीर्ष नेताहरूको बैठकले नयाँ कार्यतालिका बनाउने जिम्मेवारी निर्वाचन समितिलाई दिइएको थियो। बुधबार निर्वाचन समितिले तय गरेको निर्णयलाई केन्द्रीय समिति बैठक बोलाएर अनुमोदन गरिने जनाइएकाे छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top