चिनीको मूल्यमा मनपरी

११ कार्तिक, काठमाडौं ।

चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् ।

दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको छ ।

ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ ।

खुद्रा व्यापार संघका अनुसार ठूला व्यापारी र उद्योगीहरूका कारण चिनीको मूल्य अनियन्त्रित भएको हो । ठूला व्यापारीहरूले सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै खुद्रा व्यापारीहरूसँग नै प्रतिकिलो ९५ रुपैयाँमा चिनी विक्री गर्न थालेपछि खुद्रा व्यापारीहरूले बाध्य भएर मूल्य बढाएर बेच्नुपरेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले बताए ।

‘खुद्रा व्यापारीले खानुपर्ने जति फाइदा खाएर बेच्दा प्रतिकिलो १ सय ५ रुपैयाँ किलोमा बेच्नुपर्ने हुन्छ । तर, यसो गर्दा नियमित ग्राहक भड्किने डरले हामीले प्रतिकिलो ९५ रुपैयाँसम्मले विक्री गर्ने गरेका छौं । कोहीकोही व्यापारीले १ सय रुपैयाँसम्मले पनि विक्री गरेको सुनिएको छ तर हामीले त्यसो नगर्न व्यापारीहरूलाई भनेका छौं,’ उनले भने ।

सरकारी अनुदानको चिनी खरीदको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनले करीब १० महीनाअघि चिनी खरिदका लागि अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएको थियो । आपूर्तिले स्वीकृति प्रदानको प्रक्रिया पूरा गर्न उक्त पत्र अर्थ मन्त्रालयमा पठाएको भए पनि अर्थ मन्त्रालयले उक्त पत्रमा कुनै पनि प्रक्रिया अघि नबढाएकाले सरकारी कम्पनीसँग अहिले चिनीको अभाव भएको हो ।

साल्ट ट्रेडिङसँँग अहिले करीब १ सय ५० मेट्रिकटन मात्र चिनी मौज्दात रहेको छ । मौज्दात नै कम भएपछि कर्पोरेशनले अहिले ग्राहकलाई बेच्नुपर्ने भन्दा कम परिमाणमा चिनी विक्री गरिरहेको छ । यसअघि कर्पोरेशनले तिहारको समयमा प्रतिग्राहक ६ किलोका दरले चिनी विक्री गर्ने गरेको भए पनि यस वर्षको तिहारमा मौज्दात सकिने डरले एकजना ग्राहकलाई २ किलोका दरले विक्री गरिरहेको छ ।

उपत्यकाबाहिरका उपभोक्ताले यस वर्ष सरकारी अनुदानको चिनी किन्न नपाएको कर्पोरेशनका महाप्रबन्धक कुमारराज भण्डारीले जानकारी दिए । कर्पोरेशनसँग चिनी नहुँदा बजार मूल्य नियन्त्रणमा समेत समस्या भएको उनले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top