पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, काठमाडौं ।

नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ ।

७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो । एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् ।

५६ सांसदसहित मुख्यमन्त्री चयन भएकी शाक्यसँग एमाले विभाजनपछि ४३ सांसद मात्र बाँकी थियो । १ सय ९ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५५ सांसद चाहिन्थ्यो ।

आफू नेतृत्वको सरकार ढलेसँगै कुनै बेला चारवटा प्रदेशमा मुख्यमन्त्री रहेको एमालेसँग अब प्रदेश १ को मात्रै मुख्यमन्त्री बाँकी छ । एमालेले प्रदेश १ को मुख्यमन्त्री पनि गुमाउने निश्चितप्रायः छ । अब एमाले प्रदेशमा मुख्यमन्त्रीविहीन बन्ने दिन नजिकिँदै छ । गण्डकी र लुम्बिनी प्रदेशमा यसअघि नै एमाले नेतृत्वसको सरकार ढलिसकेको छ ।

विश्वासको मत पाउने निश्चित नभएपछि बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले बुधबार राजीनामा दिएकी हुन् । बुधबार नै उनको राजीनामा स्वीकृत भइसकेको छ । एमालेले डोरमणि पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।

तत्कालीन समयमा माधवकुमार नेपाल निकट मानिने उनी मुख्यमन्त्री पाउने भएपछि नेपाल समूह छाडेर एमालेमै बसेकी थिइन् । उनले २ भदौमा मुख्यमन्त्रीको शपथ लिएकी थिइन् ।

अल्पमतमा परेपछि शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामाको घोषणा गरेकी थिइन् । त्यसलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएकी थिइन् ।

प्रदेशसभामा उठेको प्रश्नलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजनीतिलाई संस्कारयुक्त कदमको सुरुवात आफूबाट गर्न मार्ग प्रशस्त गरेको बताउँदै राजीनामा दिएको बताइन् । प्रदेशसभामा विश्वासको मत नपाउने पक्का भएपछि मत विभाजनको बाटो रोज्नुभन्दा मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले बताइन् ।

प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुला गरिदिन पनि आफूले राजीनामा दिएको शाक्यको भनाइ थियो । शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मत विभाजन गरिने कार्यतालिका थियो । प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको भए पनि शाक्यले नयाँ सरकार गठन गर्नका लागि बाटो खोलीदिएकी हुन् ।

शाक्यले विश्वासको मतको लागि ४ कात्तिकमा सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुईपटक सारेका थिए ।

उता, बागमती प्रदेश प्रमुख शर्माले बुधबार नै नयाँ सरकार गठनका लागि बिहीबार ३ बजेसम्मको समयसीमा तोकेका छन् । अब नयाँ मुख्यमन्त्रीमा एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे नियुक्त हुनेछन् ।
यो समाचार आजको राजधानीदैनीकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top