खपत बढाउन प्रोत्साहन हुने गरी लागू भयो नयाँ विद्युत् महसुल दर

१० कात्तिक ७८, बिहीबार

११ कार्तिक, काठमाडौं ।

विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर लागू गरेको छ । आयोगले निर्यातबाहेकका उपभोक्ताको हकमा उक्त अनुपातमा महसुल दर घटाएको हो ।

नेपाल विद्युत् प्राधिकरणले गत भदौ १५ गते नयाँ विद्युत् महसुल दरको मस्यौदा पेश गरेको थियो । आयोगले सरोकारवालाहरूको राय सुझावसहित सार्वजनिक सुनुवाइ नै गरेर प्रस्तावित महसुल दरलाई गत सोमवार अन्तिम रूप दिएको हो । नयाँ विद्युत् महसुल दर भने बुधवार औपचारिक रूपमा सार्वजनिक गरिएको छ, जुन मङ्सिर १ गतेबाट लागू हुने आयोगको भनाइ छ ।

आयोगले ५ एम्पियरबाट मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई विद्युत् शुल्क नलाग्ने व्यवस्था गरेको छ । उनीहरूले मासिक न्यूनतम ३० रुपैयाँ भने तिर्नुपर्नेछ । यसबाट झन्डै २२ लाख ग्राहक लाभान्वित हुनेछन् ।

आयोगले गार्हस्थ्य महसुल दर औसतमा २ दशमलव ८४ प्रतिशतले घटाएको छ । त्यसमा सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्कको २५ रुपैयाँले घटाएर क्रमशः रू. १००, रू. १२५ र रू. १५० कायम गरिएको छ ।

सिंगल फेजबाटै मासिक ४०० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ५ एम्पिएर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका गार्हस्थ्य उपभोक्ताको मासिक न्यूनतम शुल्क पनि २५ रुपैयाँले घटाइएको छ र क्रमशः रू १५०, रू. १७५, रू. २०० र रू. २५० कायम गरिएको छ ।

सिंगल फेजबाट आपूर्ति लिएर मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने गार्हस्थ्य उपभोक्ताको विद्युत् शुल्क ५० पैसाले घटाएर प्रतियुनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

सिंगल फेजबाट आपूर्ति लिएर मासिक ४०० युनिटभन्दा माथि विद्युत् खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको शुल्क १ रुपैयाँले घटाएर प्रतियुनिट ११ रुपैयाँ कायम गरिएको आयोगको भनाइ छ ।

विद्युत्को आन्तरिक खपत बढाउने गरी नयाँ महसुल दर लागू गरिएको आयोगका सदस्य रामप्रसाद धितालले बताए । ‘आशा छ, अब विद्युत् खपतमा वृद्धि हुनेछ,’ उनले भने ।

सरकारको नीतिअनुरूप गार्हस्थ्य उपभोक्तालाई इन्डक्शन चूल्होजस्ता घरायसी विद्युतीय उपकरणमा प्रोत्साहन हुने गरी नयाँ महसुल दर ल्याइएको उनको भनाइ छ ।

विद्युतीय सवारीसाधनको उपयोग बढाउन थ्री फेजबाट विद्युत् आपूर्ति लिने ग्राहकको हकमा भने मौसमी महसुल दर लागू गरिएको छ । अब त्यस्तो ग्राहकलाई असारदेखि कात्तिकसम्म वर्षायामको महसुल दर र मङ्सिरदेखि जेठसम्म सुक्खायामको महसुल दर लागू हुने आयोगको भनाइ छ ।

ल्ट) बाट ४०० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य उपभोक्ताको वर्षायामको इनर्र्जी शुल्कप्रति युनिट रू. १ ले घटाएर १० रुपैयाँ ५० पैसा कायम गरिएको छ । यस्तै, मासिक ४०० भन्दा बढी युनिट विद्युत् खपत गर्ने उपभोक्ताको वर्षायामको इजर्नी शुल्क प्रतियुनिट १ रुपैयाँ ५० पैसाले घटाएर प्रतियुनिट १० रुपैयाँ ५० पैसा र सुक्खायामको इनर्जी शुल्क ५० पैसाले घटाएर ११ रुपैयाँ ५० कायम गरिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top