निर्माणाधीन ‘दमक भ्यू टावर’बाट देखिन्छ सुकुम्बासीको गरिबी

११ कात्तिक ७८, बिहीबार
Share this
709shares

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लाई प्राथमिकतामा राखे ।

Advertisement

सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर ‘दमक भ्यू टावर’ निर्माण सुरु ग¥यो । सघन सहरी तथा भवन निर्माण आयोजना, भद्रपुरका अनुसार २०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार २०७८ पुस २७ मा उक्त टावर निर्माणको समयावधि सकिँदै छ ।

२०७८ कात्तिक पहिलो सातासम्म ४७ प्रतिशत काम मात्र सम्पन्न भएको निर्माण कम्पनीका आयोजना प्रबन्धक सर्जल बिडारीले बताए । १ सय मिटर अग्लो र १८ तले भ्यू टावर चिनियाँ कम्पनी जेडसीजीआईईसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माणको ठेक्का पाएका हुन् । कोरोनाका कारण निर्माण प्रक्रिया ढिला भएको बिडारीको भनाइ छ । म्याद थपेर काम गरिने उनी बताउँछन् ।

Advertisement

अहिले भ्यू टावरको सातौँ तला निर्माण भइरहेको छ । तर, करोडौँ खर्च गरेर निर्माण सुरु भएको भ्यू टावरको निर्माणले स्थानीयवासीको पीडा थपिएको छ । भ्यू टावरबाट निस्कने पश्चिमतर्फको गेटअगाडि ५० परिवार सुकुम्बासी बस्ती छ । अहिले निर्माणको चरणमा रहेको सातौँ तलाबाट सुकुम्बासीको गरिबी प्रस्टै देखिन्छ ।

चार दशकदेखि सोही स्थानमा बसोबास गर्दै आएका उनीहरूले अहिलेसम्म आफूले भोगचलन गरेको जग्गाको धनीपुर्जा पाएका छैनन् । जतिजति भ्यू टावर बन्दै जान्छ उति नै पीडा थपिने उनीहरू सुनाउँछन् । “भ्यू टावर बनिसकेपछि हाम्रो बस्ती हटाउने हल्ला सुनिँदै छ,” पोष्टबहादुर दर्जी भन्छन्, “यति ठूलो भ्यू टावर बन्दा न हामीले रोजगारी पायौँ, न खुसी नै छौँ ।”, यो समाचार आजको कारोबार दैनिकमा छापिएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top